रात्रिकालीन व्यवसायलाई चौबिसै घण्टा सञ्चालन गर्न दिने गृह मन्त्रालयको निर्णय ।

 

काठमाडौं, फागनु २५ गते ।
ग्रह मन्त्रालयले रात्रिकालीन व्यवसायलाई चौबिसै घण्टा सञ्चालन गर्न दिने निर्णय गरेको छ । होटल, रेस्टुराँ, डान्स–दोहोरी क्लब, लाउन्चबार लगायतका रात्रिकालीन व्यवसायहरु अब चौबिसै घण्टा सञ्चालन हुन पाउनेछन् । रात्रिकालीन व्यवसाय सञ्चालनको लागि मापदण्ड बनाउन ग्रहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका थिए ।

त्यसका लागि गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलको नेतृत्वमा १४ सदस्य कार्यदल बनाएको थियो । उक्त कार्यदलको सिफारिस अनुसार रात्रिकालीन व्यवसाय सञ्चालनको निर्णय मन्त्रालयले गरेको हो । यसअघि स्थानविशेष अनुसार प्रहरीले होटल तथा रेष्टुरेन्टहरुलाई बेलुका ९ बजे नै बन्द गर्दै आएको थियो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *