युट्युब च्यानल सञ्चालन गर्न अब दर्ता गर्नुपर्ने, दर्ता शुल्क पाँच लाख लाग्ने ।

 

काठमाडौं, फागनु २३ गते ।
युट्युब सञ्चालन गर्न इजाजतपत्र लिनु पर्ने भएको छ । सरकारले राष्ट्रिय प्रशारण नियमावली संशोधन गरेर उक्त प्रावधान राखेको हो । अनलाइन टिभीका नाममा जथाभावी सामग्री राखेर युट्युब सञ्चालन गरिएको व्यापक जनगुनासो आएपछि उक्त कानुनी व्यवस्था गरेको बताइएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण नियमावलीको एघारौँ संशोधन गरेर नियमनको उक्त व्यवस्था गरेको हो । युट्युब सञ्चालन गर्न पाँच लाख लाग्नेछ । इजाजत लिनु अघि उपभोक्ताको उमेर बर्गीकरण गर्नु पर्नेछ । बालबालिका र सबै उमेर समूहका लागि ‘यू’ रेटिङ, १० देखि १८ वर्ष समूहका लागि ‘आर’ रेटिङ र १८ वर्ष माथिका लागि ‘ए’ रेटिङ गरिएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *