कब्जियतले अन्य रोगहरु निम्त्याई मानिसलाई रोगी बनाउने भएकाले यसलाई रोगहरुको जननी भनिन्छ ।

 


काठमाडौं, असोज ७ गते ।
स्वास्थ्य विज्ञहरुका अनुसार भोक लागेको बेला नखाने, भोक नलागेको बेला खाने, चाहिने भन्दा बढी खाने, आवश्यक मात्रामा नखाने, रेशाविहिन खानेकुरा खाने, रेशायुक्त खानेकुरा नखाने, भुटेको खानेकुरा खाइरहने, जंकफुड खाइरहने, संरक्षित खाद्यान्न खाइरहने, सागसब्जी कम खाने आदि कारणले कब्जियत हुने गर्छ । खाना खानु भनेको आनन्द लिन, रमाइलो गर्न र भोक मेट्न भन्ने मान्यता नै गलत छ । खाना खानु भनेको शारीरिक र मानसिक स्वस्थता र सन्तुलनका लागि भन्ने कुराको सोच नेपाली बौद्धिक समुदायमा त कम छ भने आम मानिसमा त नगन्य मात्रामा छ ।

खाना खानुपूर्व मेरो शरीरको प्रकृति अनुसार सन्तुलित छ वा छैन भनेर ख्याल गर्नुपर्छ । मिठो छ वा छैन भन्ने कोणबाट हेर्ने बित्तिकै समस्या पैदा भइहाल्छ । व्यस्त र भागदौडको जीवनशैलीलाई सन्तुलित बनाउनुपर्छ । उदासीनता र तनावपूर्ण जीवनशैलीलाई आनन्द र उत्साहपूर्ण बनाउनुपर्छ । कर्ममा विश्वास गर्दै आफूले गरेको काममा रमाउन सक्नुपर्छ । भोक नलाग्नु, रिंगटा लाग्नु, टाउको दुख्नु, छाती पोल्नु, थकान महसुस हुनु, मुख बिग्रिनु, तिघ्राको मांशपेशी दुख्नु, वायु प्रवाह नहुनु, दिशा गोटा पर्नु, पेटमा अट्टाहस भइरहनु आदि कब्जियतका लक्षण हुन् । कब्जियत आफैले भन्दा पनि अन्य रोग निम्त्याई मानिसलाई रोगी बनाउँछ । त्यसैले कब्जियतलाई रोगहरुको जननी भनिन्छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *