जनता समाजवादी पार्टीले ललितपुरमा प्रतिगमन विरुद्ध जनप्रदर्शन गर्ने ।

 


काठमाडौं, माघ १४ गते ।

जनता समाजवादी पार्टी, नेवाः राष्ट्रिय समितिले प्रतिगमन विरुद्ध ललितपुरमा विरोध प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभाको विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेका थिए । प्रधानमन्त्री ओलीको उक्त कदमलाई जनता समाजवादी पार्टीले प्रतिगमनको संज्ञा दिएको छ । पार्टीको नेवाः राष्ट्रिय समितिले प्रतिगमन विरुद्ध विगतमा भक्तपुर र काठमाडौंमा जनप्रदर्शन गरिसकेको छ ।

नेवाः राष्ट्रिय समितिले माघ १६ गते शुक्रबार दिनको १ः३० बजे ललितपुरको पुल्चोकबाट जनप्रदर्शन शुरु गर्ने भएको छ । समितिका अध्यक्ष मनरत्न शाक्यका अनुसार जनप्रदर्शन पुल्चोकबाट शुरु गरेर नगरका विभिन्न क्षेत्रमा परिक्रमा गर्दै मंगलबजारमा पुगेर विरोध सभा गरिने भएको छ । उक्त विरोधसभालाई पार्टीका नेता राजेन्द्र श्रेष्ठले सम्बोधन गर्नेछन् । पार्टीको ललितपुर जिल्ला समन्वय समितिले जनप्रदर्शन कार्यक्रमको व्यवस्थापन गर्नेछ । नेवाः राष्ट्रिय समितिले उपत्यकामा रहेका पार्टीका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक र प्रतिगमन विरोधी आम जनसमुदायलाई उपस्थितिका लागि अनुरोध समेत गरेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *