मलेसियाबाट नेपाल वायुसेवा निगामको जहाजले १८ नेपालीको शव काठमाडौं ल्यायो ।

 


काठमाडौं, माघ १० गते ।

नेपाल वायुसेवा निगमको वाइडवडी ए३३० जहाजले मेलेसियाबाट १८ वटा नेपाली कामदारको शव ल्याएको छ । वैदेशिक रोगजारीमा गएका नेपाली युवाहरुको मलेसियामा विभिन्न कारणले मृत्यु भएको थियो । एक जनाको अस्तु सहित १९ जनाको शव लिएर शनिबार दिउँसो जहाज त्रिभूवन विमानस्थलमा अवतरण गरेको थियो ।

निगमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त शवहरु मलेसियाबाट ल्याएको हो । विभिन्न कारणले मृत्यु भएकाहरुको शव अलपत्र अवस्थामा रहेको बेलामा निगमले उक्त शवहरु सामुहिक रुपमा नेपाल ल्याएको बताइएको छ । मृतकका परिवारको पीडालाई बुझेर सामाजिक उत्तरदायित्व अन्तर्गत शव ल्याइएको निगमले बताएको छ । महिनौँदेखि शव अलपत्र अवस्थामा रहेका थिए ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *